• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    भण्डारी र शर्मासँग गगन थापाले भने – बरु विष पिउँछु, पार्टी फुट्न दिन्नँ

    0.9K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जुनसुकै अवस्थामा पार्टी एकता कायम राख्ने बताएका छन् । साँच्चिकै अप्ठेरो अवस्था आए विष पिएर भए पनि एकता कायम राख्ने उनको भनाइ छ ।

    कांग्रेस नेता डा. चन्द्र भण्डारी र डा. सुनील शर्मासँगको संवादको क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।

    ‘तपाईंहरूलाई साक्षी राखेर देशभरका कार्यकर्ता र शुभचिन्तकलाई आश्वस्त बनाउन चाहन्छु, पार्टी फुट्दैन । कसैले चाहेर पनि पार्टी फुट्दैन,’ उनले भनेका छन्, ‘साँच्चिकै अप्ठेरो अवस्था आयो भने त बरु विषय पिउँछु नि म । बरु आफूले विष पिएर भए पनि यसको एकता जोगाइराख्नेछु ।’

    थापाले जेनजी आन्दोलनपछिको अवस्थामा नौजवानहरूले नेपाली कांग्रेसमाथि प्रशस्तै प्रश्न उठाइरहेको तर, तिनीहरूलाई चित्तबुझ्दो जवाफ दिन नसकिएको बताए ।

    ‘हाम्रो प्रयास भनेको पार्टीलाई सान्दर्भिक बनाइराखौं भन्ने हो । नौजवानका भावनालाई सम्बोधन नगर्ने हो भने पार्टी मृत बन्छ । त्यसैले जीवन्त पार्टी बनाउन खोजेका हौं,’ उनले भने ।

    विघटित प्रतिनिधिसभाका सदस्यसमेत रहेका तीन नेताबीच पार्टीको आन्तरिक जीवनबारे छलफल भएको थियो । डा. भण्डारीले यतिबेला नेपाली कांग्रेसलाई संसारभर रहेका नेपाली जनताले चासो र चिन्ताका साथ हेरिरहेको भन्दै एकताको सन्देश दिनुपर्ने बताए ।

    ‘जेनजी आन्दोलनपछि नेता–कार्यकर्ताको घर जलेका छन् । कार्यकर्ता निराश छन् । जेनजी आन्दोलनपछि पनि नेता किन परिवर्तन भएनौं भनिरहेका छन्,’ उनले भने, ‘जनतालाई सन्देश दिनुपर्नेछ, पार्टी हाम्रो हो । देश हाम्रो हो । जनता हाम्रा हुन् । प्रजातन्त्र हामीले ल्याएको हो । यो संविधान हामीले बनाएको हो । त्यसैले यसको संरक्षण र सुधारका निम्ति हामी राम्रो पार्टी बनाउँछौं भन्ने सन्देश दिनुपर्नेछ । दुई महामन्त्रीले अब पार्टीको नेतृत्व गर्दैछौं भनेर सन्देश दिनुस् ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ