• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    जब ओलीले ईश्वर पोखरेलको जिम्मेवारी खोसेर विष्णु रिमाललाई दिए. .

    1.6K
    SHARES



    काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा नेकपा एमालेले ईश्वर पोखरेलको जिम्मेवारी खोसेको छ । च्यासलमा बसेको सचिवालय बैठकले नीति तथा अनुसन्धान प्रतिष्ठानको प्रमुखबाट पोखरेललाई हटाएर विष्णु रिमाललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

    अध्यक्ष ओलीले नै पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी रिमाललाई दिने प्रस्ताव गरेका थिए । ‘विष्णु रिमाल धेरै राम्रो मान्छे हो, तर चुनाव हार्नुभयो,’ ओलीको प्रस्ताव थियो, ‘उहाँलाई जिम्मेवारी दिनुपर्छ, त्यसै राख्न मिल्दैन ।’

    एघारौं महाधिवेशनमा रिमाल उपमहासचिव पदका उम्मेदवार थिए । तर केन्द्रीय सदस्यमा समेत पराजित भए । केन्द्रीय सदस्यमै पराजित भएपछि रिमाललाई ईश्वर पोखरेलले नेतृत्व गर्दै आएको प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।

    ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाउने प्रस्तावमा केही पदाधिकारीले असहमति जनाएका थिए । तर आफूसँग अध्यक्ष भिडेका ईश्वर पोखरेललाई जिम्मेवारीबाट हटाउने प्रस्तावमा ओली अडिग रहे र हटाइ छाडे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ