• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    संस्थापन पक्षका २५ केन्द्रीय सदस्य र शेखर कोइरालाबीच छलफल

    0.9K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसमा निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले नेता डा. शेखर कोइरालासँग छलफल गरेको छ ।

    पाँच दिनअघि सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको उक्त समूहले मंगलबार बिहान इतर समूहको नेतृत्व गर्दै आएका नेता कोइरालासँग छलफल गरेको हो ।

    विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा बिहान साढे ८ बजेबाट सुरू भएको छलफल दुई घण्टासम्म चलेको नेताहरूले जानकारी दिएका छन् ।

    केन्द्रीय सदस्य आङगेलु शेर्पाले पार्टीमा चुलिएको महाधिवेशनसम्बन्धी विवादको व्यवस्थापनका लागि मध्यमार्गी निकास निकाल्नेबारे कोइरालासँग आफूहरूले छलफल गरेको जानकारी दिए ।

    ‘मध्यमार्गी लाइनबाट डा. शेखरसँग छलफल भयो । अहिले जुन किसिमको विशेष गर्ने र नगर्ने बीचको टसल आएको छ, त्यसलाई व्यवस्थापन गर्ने र मध्यमार्गी बाटो निकाल्ने बारे छलफल गरिरहेका छौं’, उनले भने ।

    नेता शेर्पाले विवाद समाधानको मोडालिटीबारे पनि छलफल चलिरहेको बताए । तर, उनले मोडालिटीबारे विस्तृत बताउन चाहेनन् । मोडालिटी तयार भइसकेपछि सभापति, कार्यवाहक सभापति, महामन्त्रीहरू र विशेष महाधिवशेनका लागि हस्ताक्षर अभियान चलाएको समूहसँग छलफल गरेर निष्कर्षमा पुग्ने प्रयास आफूहरूको रहेको शेर्पाको भनाइ छ ।

    सभापति देउवालाई १८ पुसमा भेटेको उक्त समूहले सोही दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरेको थियो । २५ जनाको यो समूह १५ औं महाधिवेशनको कार्यतालिकाबारे बहस चलिरहेका बेला निर्वाचनअगावै हुनुपर्ने पक्षमा उभिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ