• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    रवि, कुलमान र बालेनबीच भेटवार्ता, के भयो कुराकानी ?

    337
    SHARES



    काठमाडौं । रास्वपा सभापति रवि लामिछाने, उपसभापति एवं ऊर्जामन्त्री कुलमान घिसिङ र नेता एवं काठमाडौंका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार भेटवार्ता भएको हो ।

    भेटवार्ताका क्रममा समानुपातिकको बन्दसूचीमा देखिएका समस्या, पार्टी समायोजनको खाका, पार्टीको कामलाई अगाडि बढाउने लगायतका विषयमा छलफल भएको निकटस्थ स्रोतले जानकारी दिएको छ ।

    त्यस्तै, रास्वपासँग एकता गरेको उज्यालो नेपाल पार्टीका तत्कालीन नेताहरू पनि अहिले बनस्थलीस्थित केन्द्रीय कार्यालयमा छलफलमा जुटेका छन् । रास्वपा केन्द्रीय कार्यालय, बनस्थलीमा अहिले दुवै पक्षका नेताहरूबीच छलफल चलिरहेको नेता जितराम लामाले जानकारी दिए ।

    उज्यालो नेपाल पार्टीको एउटा समूह रास्वपासँगको एकतामा प्रश्न उठाउँदै आएको छ । उक्त समूह हिजोमात्रै निर्वाचन आयोगमा बेग्लै समानुपातिकको सूची समेत बोकेर पुगेको थियो ।

    समानुपातिक सूचीमा देखिएको समस्याबीच तीन शीर्ष नेताहरूले शनिबार छलफल गरेका हुन् । महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार, रास्वपाले भोलि (आइतबार) बस्नेगरी केन्द्रीय समिति बैठक पनि बोलाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ