• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    माछापुच्छ्रे बैंकको नाफा ९२ प्रतिशत बढ्यो

    1K
    SHARES



    काठमाडौँ । माछापुच्छ्रे बैंकले वाणिज्य बैंकमध्ये सबैभन्दा पहिले चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार माछापुच्छ्रे बैंकको खुद नाफा ९२ प्रतिशत बढेको छ ।

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा १ अर्ब ४ करोड थियो ।

    लोन लस प्रोभिजन (इम्पेरिमेन्ट चार्ज) उच्च दरले घटेपछि नाफामा उल्लेख्य वृद्धि देखिएको हो । यस्तो रकम अघिल्लो आर्थिक वर्षमा १ अर्ब ३९ करोड रहेकोमा अहिले ३५ करोड ३७ लाख रुपैयाँ छ ।

    यसका साथै बैंकको खुद ब्याज आम्दानी १५ प्रतिशत बढेको छ । पहिले खुद ब्याज आम्दानी ४ अर्ब ९८ करोड रहेकोमा अहिले ५ अर्ब ७५ करोड छ । बैंकको नाफासँगै वार्षिक प्रतिसेयर आम्दानी पनि करिब दोब्बर भएको छ । पहिले यस्तो आम्दानी ८ रुपैयाँ ९९ पैसा रहेकोमा अहिले १७ रुपैयाँ ३१ पैसा छ ।

    १ अर्ब ७ करोड रुपैयाँ वितरणयोग्य नाफा छ । प्रतिसेयर ९ रुपैयाँ २३ पैसा वितरणयोग्य नाफा हो । प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा छ । कुल कर्जामा निष्क्रिय कर्जा ३.८३ प्रतिशत छ, पहिले ३.८६ प्रतिशत थियो । आधार दर एक वर्षमा ८.२६ प्रतिशतबाट ६.३० मा झरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ