• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    धवलशम्शेरले बोलाए राप्रपाको असन्तुष्ट पक्षको बैठक

    692
    SHARES



    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाले पार्टीभित्रको असन्तुष्ट पक्षको बैठक बोलाएका छन्। राणाले सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आइतबार दिउँसो १२:३० बजेका लागि बैठक तय गरेका हुन्।

    राणानिकट एक केन्द्रीय सदस्यका अनुसार छलफलका लागि मुख्य चार एजेन्डा तय गरिएको छ। तीमध्ये प्रमुख एजेन्डा नियमित महाधिवेशनका लागि दबाब बढाउने र नियमित हुन नसके विशेष महाधिवेशनको माग गर्ने रहेको छ।

    राप्रपाको नियमित महाधिवेशन आउँदो मंसिरभित्र सम्पन्न गर्नुपर्ने व्यवस्था छ। असन्तुष्ट पक्षको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरूको पुनर्बहालीको विषयमा पनि छलफल हुने जनाइएको छ।

    अध्यक्ष लिङ्देनले केही महिनाअघि अनुशासन समितिका संयोजक नवराज सुवेदीलाई हटाई रोशन कार्कीलाई नियुक्त गरेका थिए। त्यस्तै, उपाध्यक्ष मुकुन्दश्याम गिरी, प्रवक्ता सगुन लावती र केन्द्रीय सदस्य धनसुर शाहीलगायतलाई पनि पदमुक्त गरेका थिए। यस घटनापछि पार्टी दुई धारमा विभाजित भएको छ र प्रकरण निर्वाचन आयोगसम्म पुगेको छ।

    राणाले बोलाएको बैठकले अध्यक्ष लिङ्देनलाई केन्द्रीय समिति बैठक तत्काल आह्वान गर्न दबाब दिने तयारी गरेको छ। तीन–तीन महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक माघयता बस्न नसकेको असन्तुष्ट पक्षको भनाइ छ।

    त्यसैगरी, जेन–जी आन्दोलनपछि राप्रपा राजनीतिक रूपमा निष्क्रिय बनेको विषय पनि बैठकको एजेन्डामा समावेश गरिएको छ। पार्टीभित्र नेताहरूलाई कारबाही गरेपछि दुई पक्षबीचको दूरी अझ बढ्दै गएको छ। अहिले दुवै पक्षले छुट्टाछुट्टै बैठकहरू बोलाएर आफ्नो पकड बलियो बनाउने प्रयास गरिरहेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ