• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

    1.6K
    SHARES



    काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक सुरु हुनेछ ।

    बैठकमा जेनजी विद्रोहपछिको राजनीतिक घटनाक्रम, अध्यक्ष प्रचण्डले पेस गरेको केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव, महाधिवेशन तयारी लगायतका विषयमा छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

    साथै बिहीबार (भोलि) बस्ने केन्द्रीय समितिको बैठकको एजेन्डा पनि बैठकले तय गर्ने बताइएको छ । यसअघि असोज ५ गते बसेको पदाधिकारी बैठकमा प्रचण्डले मौजुदा केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव राखेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ