• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    गृहसचिव दुवाडी हटाइए, दंगाललाई जिम्मेवारी

    2.6K
    SHARES



    काठमाडौं । सरकारले गृहसचिव गोकर्णमणि दुवाडीलाई पदमुक्त गर्दै उनको स्थानमा रक्षासचिव रामेश्वर दंगाललाई गृहसचिवको रूपमा जिम्मेवारी दिएको छ।

    सरकार परिवर्तन भएको करिब डेढ सातासम्म गृहमन्त्रालयको नेतृत्व गरिरहेका दुवाडीलाई जेन–जी आन्दोलनको दमनमा प्रत्यक्ष संलग्न भएको आरोप लाग्दै आएको थियो। सोही सन्दर्भमा गृह प्रशासनमाथि छानबिनको माग बढिरहेका बेला उनलाई जिम्मेवारीबाट हटाइएको हो।

    नयाँ जिम्मेवारी पाएका दंगाल गृह प्रशासनकै पुराना ‘क्याडर’ हुन्। मन्त्रिपरिषद्को निर्णय अनुसार, मंगलबार वा बुधबारभित्रै दंगालले औपचारिक रुपमा गृहसचिवको कार्यभार सम्हाल्नेछन्।

    यसअघि ‘भिजिट भिसा’ प्रकरणमा नाम मुछिए पनि पछि उन्मुक्ति पाएका दुवाडीलाई योजना आयोग सचिवालयमा सरुवा गरिएको स्रोतले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ