• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कभर स्टोरी राजनीति

प्रतिनिधिसभा विघटन, फागुन २१ गते चुनाव घोषणा

1.8K
SHARES



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन् । शुक्रबार दिउँसो मात्रै प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्, जसलाई राष्ट्रपति पौडेलले तत्क्षण सदर गरेका हुन् ।

यससँगै आगामी फागुन २१ गतेका लागि नयाँ चुनावको मिति समेत तोकिएको छ । प्रधानमन्त्री कार्कीको सिफारिसअनुसार राष्ट्रपतिले प्रतिनिधिसभा विघटनसँगै आम निर्वाचनको मिति घोषणा गरेका हुन् । शपथ ग्रहणपछि पहिलो बैठकमै संसद् विघटनको निर्णय गर्नु मुलुकको राजनीतिक इतिहासमै दुर्लभ घटना मानिएको छ ।

यसअघि प्रधानमन्त्री बन्ने सहमति प्रक्रियामा कार्कीले “पहिले प्रधानमन्त्रीको शपथ, त्यसपछि संसद् विघटन” भन्ने सहमतिमा राजी भएकी थिइन् । गत सोमबार र मंगलबार देशभर चलेको युवा पुस्ता (जेन–जी) आन्दोलनको बलमा कार्की प्रधानमन्त्री बनेकी हुन् ।

सामाजिक सञ्जालमार्फत गरिएको छलफलपछि उनको नाम अगाडि सारिएको थियो । त्यस्तै, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले पनि कार्कीलाई समर्थन जनाएका थिए । नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै संसद् विघटन गरेर निर्वाचन मिति घोषणा गर्नु मुलुकको राजनीतिक यात्रामा नयाँ मोडको रूपमा लिइएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ