• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कभर स्टोरी राजनीति

मध्यरातमा अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई बनाउने सहमति

4.7K
SHARES



काठमाडौँ । लामो अनिश्चितता र राजनीतिक टकरावका बीच शीतल निवासमा मध्यराति सम्पन्न भएको निर्णायक छलफलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति जुटाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा बसेको उक्त बैठकमा प्रधानसेनापति अशोकराज सिग्देल, कानुनविद् ओमप्रकाश अर्यालसहितका व्यक्तित्वहरूको उपस्थिति थियो। बैठकमा सहभागी सुशीला कार्की स्वयंले पनि संविधान र संक्रमणकालीन व्यवस्थापनका विषयमा आफ्नो दृष्टिकोण राखेकी थिइन्।

यसअघि जेन-जी आन्दोलनको अगुवा गर्नेहरुका तर्फबाट पनि कार्कीको नाम सार्वजनिक रुपमै सिफारिस गरिएको थियो। आन्दोलनकारी पक्षले न्यायपालिका नेतृत्वमा रहेर देखाएको इमानदारी, संवैधानिकता र दृढताका कारण उनलाई विश्वासयोग्य विकल्पका रूपमा अघि सारेको थियो।

बैठकमा संसद् विघटनको विषयलाई लिएर सहभागीहरूबीच मतभेद देखिए पनि संविधानको संरचना नाघ्न नहुने र सहमतिबाटै अघि बढ्नुपर्नेमा समान धारणा बनेको स्रोतले जनाएको छ। संविधानको मर्मअनुसार, संक्रमणकालीन सरकारलाई निष्पक्ष, पारदर्शी र चुनावसम्म सीमित गर्ने कार्यविधि तय गर्ने विषयमा पनि छलफल केन्द्रित भएको बताइन्छ।

सहमतिअनुसार, सुशीला कार्कीको नेतृत्वमा बन्ने अन्तरिम सरकारले आगामी निर्वाचनको तयारी, शान्ति प्रक्रिया सम्बोधन तथा सामाजिक असन्तुष्टि व्यवस्थापनलाई प्राथमिकतामा राख्नेछ। राजनीतिक स्थिरताप्रति बढ्दो जनचासोबीच कार्कीको नाम अन्तरिम सरकार प्रमुखका रूपमा टुंगो लाग्नु मुलुकको नयाँ राजनीतिक अध्याय सुरु हुने संकेतका रूपमा हेरिएको छ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ