• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सभा भवन ध्वस्त भएपछि प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित

    2.7K
    SHARES



    काठमाडौँ । जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवन मंगलबार ध्वस्त भएपछि बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

    संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै सभामुख देवराज घिमिरेले अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरेको जानकारी दिएका छन् ।

    ‘मिति २०८२ साल भदौ २५ गते बुधबार दिनको १.०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ महासचिव पाण्डेले जारी गरेको सूचनामा उल्लेख छ ।

    यसअघि भदौ २३ गतेका लागि बोलाइएको राष्ट्रियसभा बैठक पनि सूचना टाँस गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ