• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

राजनीति

रबि भन्छन् : प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको हुँ, जेन-जीको नेतृत्व स्वीकारौँ

4.3K
SHARES



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू कानुन बमोजिमका सबै प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको दाबी गरेका छन् । नख्खु कारागारमा रहेका लामिछाने मंगलबार दिउँसो कारागारबाट निस्किएका थिए ।

सोमबारबाट उग्र भएको जेनजी प्रदर्शन मंगलबार झनै आक्रोशित बनेको थियो । सोही क्रममा लामिछाने पनि कारागारबाट बाहिरिएका थिए ।कारागारबाट निस्किएपछि पत्नी निकिता पौडेलमार्फत सन्देश जारी गर्दै उनले भविष्यमा आइपर्ने सबै कानुनी प्रक्रियाका लागि आफू तयार रहेको पनि बताएका छन् ।

‘आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाइको लागि कानुबमोजिमको प्रकिया पूरा गरि पत्र थमाएपछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक सामु आउन पाएको हुँ,’ लामिछानेले भनेका छन्, ‘यसका बाबजुद पनि मुलुकको कानुनप्रति बफादार हुँदै भविष्यमा आईपर्ने सम्पूर्ण आवश्यक कानुनी प्रक्रियाका लागि तयार रहेको जानकारी गराउँदछु ।’

साथै उनले जेन-जी आन्दोलनलाई संयमित रुपमा अघि बढाउन अपिल गरेका छन् ।उनले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै देशको सम्पत्ति जोगाउन सबैलाई आग्रह गरेका हुन्।

आइतबार सार्वजनिक अपिलमा लामिछानेले भनेका छन्, ‘देशका लुटेराहरूले तीन पुस्तासम्म लुटेर जोडेका सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ । यिनीहरू कानुनी दायरामा आउनैपर्छ। तर, हामीले अब अत्यन्त संयमित भई राष्ट्रको सम्पत्ति जोगाउन जरुरी छ।‘

उनले प्रहरी, न्यायालय र सुरक्षासम्बन्धी दस्तावेजहरू राष्ट्रका महत्वपूर्ण सम्पत्ति भएको उल्लेख गर्दै ती क्षति हुँदा मुलुककै लागि गम्भीर परिणाम आउने चेतावनी दिए।

लामिछानेले आन्दोलनलाई शुद्ध रूपमा जेनजी पुस्ताको नेतृत्वमा अघि बढाउनुपर्नेमा जोड दिँदै भने, ‘म नागरिक सर्वोच्चताको पक्षमा छु र मुलुकको अबको नेतृत्व जेनजीकै माग र परिकल्पनाअनुसार अघि बढ्नुपर्छ भन्नेमा स्पष्ट छु।’

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ