• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

राजनीति

जेन-जी पुस्ताको आन्दोलन जायज, सरकारी दमन आपत्तिजनक : कञ्चन

1.2K
SHARES



काठमाडौं । काठमाडौँ आजबाट सुरु भएको जेन-जी पुस्ताका युवाहरुले चलाएको आन्दोलनप्रति समर्थन जनाउँदै नेकपा (बहुमत) महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले सरकारले गरेका कदमप्रति कडा आपत्ति जनाएका छन्।

उनले भ्रष्टाचार र कुशासनविरुद्ध उठेको युवापुस्ताको आन्दोलनलाई सम्बोधन गर्नुको सट्टा सरकारले दमनमार्फत दबाउन खोजेको आरोप लगाएका छन्। उनले सरकारले गरेको दमनका कारण अहिलेसम्म दर्जनभन्दा बढीले ज्यान गुमाइसकेको र सयभन्दा बढी घाइते भएकोप बताएका छन्।

सरकारले सामाजिक सञ्जालमार्फत फैलिएको युवापुस्ताको आक्रोशलाई रोक्न नै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेकोप्रति पनि कञ्चनले तीव्र विरोध जनाएका छन्। उनले यसलाई “युवाहरुको आवाज दबाउने अमानवीय कदम” भन्दै आपत्तिजनक करार गरेका छन्।

प्रेस वक्तव्यमार्फत कञ्चनले आन्दोलनका क्रममा ज्यान गुमाउने नागरिकलाई तत्काल क्षतिपूर्ति दिन, घाइतेहरुको निःशुल्क उपचार सुनिश्चित गर्न र गिरफ्तार गरिएका सबैलाई तुरुन्त रिहाइ गर्न माग गरेका छन्। साथै उनले युवा पुस्ताले उठाएका प्रश्नलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

उनले भने, “दलाल पुँजीवादी सत्ता भ्रष्टाचारमै लिप्त हुन्छ, त्यसैले यो सत्ताबाट युवाहरुका माग पूरा हुने कुनै सम्भावना छैन।” त्यस्तै अहिलेको आन्दोलन भ्रष्टाचार र बेथितिविरुद्ध मात्र सीमित नभई शिक्षा र स्वास्थ्यको निशुल्क पहुँच, रोजगारी सिर्जना गर्ने राष्ट्रिय उद्योगको विकास, कृषिको आधुनिकीकरण, जन्मसिद्ध जमिनमा अधिकार सुनिश्चित गर्ने वैज्ञानिक भू-उपयोग नीति र हरेक नागरिकलाई सामाजिक सुरक्षा दिलाउनेतर्फ केन्द्रित हुनुपर्नेमा कञ्चनले जोड दिएका छन्।

कञ्चनले वास्तविक परिवर्तनका लागि दलाल पुँजीवादी सत्ताको अन्त्य गरी स्वाधीन संयुक्त सरकार गठन गर्ने तर्फ अगाडि बढ्न सबै जनतालाई आह्वान समेत गरेका छन्। यसरी, युवापुस्ताको आन्दोलनलाई समर्थन गर्दै उनले दमनकारी कदमलाई अस्वीकार गर्ने स्पष्ट सन्देश दिएका छन्।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ