• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

राजनीति

भारतीय मिडियाको दाबी : ओलीको भारत भ्रमण नहुने सम्भावना छ

1.7K
SHARES



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण नहुने सम्भावना रहेको भारतको एउटा सञ्चार माध्यमले दाबी गरेको छ । भारतको द प्रिन्ट अनलाइनले स्रोतको हवाला दिँदै ओलीको भारत भ्रमण नहुने जनाएको हो ।

समाचारमा ओलीको १५ सेप्टेम्बरमा हुने भनिएको भारत भ्रमण नहुने सम्भावना रहेको दाबी गरिएको छ । यसै साता मोदी र ओलीबीच चीनको थियान्चिनमा साङ्घाई सहयोग संगठन एससीओको सम्मेलनको साइडलाइनमा संक्षिप्त भेट भएको थियो ।

पछिल्लो समय चीन र भारतले लिपुलेकको प्रयोगबारे एकपक्षीय सम्झौता गरेको विषयमा नेपालमा विरोध भइरहेका बेला नयाँ दिल्ली रुष्ट बनेको समाचारमा उल्लेख छ ।

यसअघि ओलीले गत शनिबार चिनियाँ राष्ट्रपति सी जिन्पिङसमक्ष यसबारे कुरा राखेका थिए । भारत अधिनस्थ लिपुलेकमा नेपालको दाबीलाई नयाँ दिल्लीले अस्वीकार गर्दै आएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ