• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    मधेसी समुदायप्रति भेदभाव कायमै छ : अध्यक्ष यादव

    2.2K
    SHARES



    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी समुदायमाथि भेदभाव अझै कायम रहेको बताएका छन् । शनिबार जनकपुरधाममा आयोजित मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल को दोस्रो प्रदेश महाधिवेशनलाई सम्बोधन गर्दै उनले भेदभाव अन्त्य नगरी समृद्ध समाज निर्माण सम्भव नहुने दाबी गरे ।

    उनका अनुसार मधेसलाई आर्थिक विकासमा कमजोर बनाइएको छ भने सरकारी निकायमा मधेसीहरूको प्रतिनिधित्व अत्यन्त न्यून छ । ‘मुलुकमा आधाभन्दा बढी मधेसी भए पनि राष्ट्रिय सभामा ५९ मध्ये केवल ६ जना मात्र मधेसी छन्,’ यादवले भने ।

    लोकतन्त्रको मूल्य–मान्यताको विपरीत मधेसीहरू न्यून कोटामार्फत मात्र प्रवेश पाउन सक्ने अवस्था रहेको उनले बताए । उच्च पदमा प्रतिनिधित्व अझै कमजोर रहेको उल्लेख गर्दै यादवले थपे, ‘भेदभाव केही घटेको छ, तर समाप्त भएको छैन ।’

    सत्ता साझेदारीमा समेत जनसंख्याका आधारमा मधेसले बराबरी हिस्सा पाउनुपर्नेमा जोड दिँदै उनले राजनीतिक अधिकार सुनिश्चित नगरी उत्पीडन अन्त्य र समृद्ध समाज सम्भव नभएको स्पष्ट पारे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ