• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिने

    0.9K
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा गर्न निर्देशन दिएपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिने भएका छन् ।

    मुख्यमन्त्री लामाले राजीनामा गर्न लागेको उनी निकट प्रदेश सांसद तीर्थ लामाले जानकारी गराए । उनले भने, ‘सभापतिले राजीनामा गर्न निर्देशन हिजो दिनुभएको छ । भोलिसम्म उहाँले राजीनामा दिनुहुन्छ ।’

    मुख्यमन्त्रीको एक वर्षे कार्यकाल बिताएका लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव पारित हुँदै दलको नयाँ नेता चयनका लागि निर्वाचन भएको थियो । संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भइसकेका छन् । कांग्रेसबाट मुख्यमन्त्रीमा बानियाँलाई बनाउने तयारी छ ।

    एकवर्षभित्र राजीनामा गर्ने गरी लामाले बानियाँसँग सहमति गरेको एक पक्षको दाबी छ । त्यस अनुरूपमा लामाले पद नछोडेपछि अविश्वासको प्रस्ताव ल्याइएको उनीसँग असन्तुष्ट पक्षको भनाइ छ ।

    संविधानको १६८ (२) अनुसार मुख्यमन्त्री हुँदा दलको नेता आवश्यक नहुने भन्दै लामाले राजीनामा नदिने अडान लिएका थिए । कांग्रेस र एमालेको संयुक्त सरकारको नेतृत्व लामाले गरेका छन् ।

    बागमतीमा कांग्रेसभित्र देखिएको अवस्थालाई लिएर बिहीबार कांग्रेस र एमालेका शीर्ष नेताको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ