• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमाले निर्णयको प्रतिवाद गर्न पत्रकार सम्मेलन गर्दै विद्या भण्डारी

    1.9K
    SHARES



    काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेकी हुन् ।

    पत्रकार सम्मेलनमार्फत एमालेले पार्टी राजनीतिमा आउन रोक लगाउँदै पार्टी सदस्यता समेत खारेज गरिदिएको विषयमा भण्डारीले धारणा सार्वजनिक गर्नेछिन् ।

    साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो । राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आए संविधानको मर्म र भावना विपरीत हुने तर्क एमालेले गरेको छ ।

    तर विद्याले राजनीतिमा गर्न पाउने संवैधानिक हक भएको भन्दै एमाले निर्णयको राजनीतिक प्रतिवाद गर्ने तयारीमा छिन् । त्यसका लागि देशव्यापी राजनीतिक अभियान चलाउने विद्याको तयारी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ