• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    राष्ट्रियसभा र प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दै

    147
    SHARES



    काठमाडौँ। सङ्घीय संसद्को राष्ट्रियसभाको बैठक आज (मंगलबार) दिउँसो १ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ। बैठकको सम्भावित कार्यसूचीअनुसार दुई विधेयकमाथि प्रस्ताव पेस गरिने छ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्नेछिन्। त्यस्तै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

    बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची पनि तय भएको छ।

    यसैबीच, आजै प्रतिनिधिसभा मातहतका तीन संसदीय समितिको बैठकसमेत बस्दैछन्। कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘विश्वव्यापी आवधिक समीक्षा (UPR)’ सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग छलफल हुनेछ। महिला तथा सामाजिक मामिला समितिको बैठकमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको अवस्थाबारे’ छलफल हुने छ।

    त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘मिडिया काउन्सिल विधेयक’ सम्बन्धी संशोधनकर्ताहरूसँग छलफल गरिने कार्यसूची रहेको छ। सो विधेयकमाथि समितिमा निरन्तर छलफल हुँदै आएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ