काठमाडौँ। पछिल्लो १२ घण्टाको अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा ५०–५५ मिलिमिटर र मनाङमा ४७ मिलिमिटर मापन गरिएको छ।
वर्षा गराउने बादल बिस्तारै दक्षिण–पश्चिमतर्फ सर्दै गएकोले अहिले ती क्षेत्रमा वर्षा क्रमशः कम हुँदै जाने अनुमान गरिएको विभागले जनाएकाे छ।
प्रतिक्रिया