• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ‘मानव तस्करलाई कारबाही गर’ भन्दै प्रतिनिधिसभामा विपक्षीको नारा, बैठक बिहीबारसम्म स्थगित

    1.3K
    SHARES



    काठमाडौँ । प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदहरूले नारा लगाएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि बैठकमा अवरोध गरिरहेका छन् ।

    बैठक अवरोधका लागि उठिरहेका प्रतिपक्षी दलका सांसदहरूले मानव तस्करलाई कारबाही गर भन्ने नारा लगाइरहेका हुन् । सभामुख देवराज घिमिरेले माइक नदिए पनि सांसदहरूले मानव तस्करलाई कारबाही गर भन्ने नारा लगाएको सुनिइरहेको छ ।

    नाराको सुरुवात राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद्वय सुमना श्रेष्ठ र हरि ढकालले पालैपालो गरिरहेका छन् । त्योसँगै गृहमन्त्री राजीनामा दे भन्ने नारा पनि प्रतिपक्षीहरूले लगाइरहेका छन् । अहिले पनि संसदमा अवरोध भइरहेको छ ।

    यसैबिच प्रतिनिधिसभा बैठक बिहीबार २९ गते दिनको तीन बजेसम्मका लागि स्थगित भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ