• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    दाहसंस्कारको तयारी भइरहेका बेला प्रहरीले नियन्त्रणमा लियो बालिकाको शव, बुवा र काकी पक्राउ

    3.3K
    SHARES



    खाँदबारी । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया बालिका युनिका तामाङको शव दाहसंस्कारको तयारी भइरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको छ। घटनालाई लिएर बालिकाका बाबु गोपाल तामाङ र काकी (भाइबुहारी) कल्पना तामाङलाई समेत प्रहरीले पक्राउ गरेको छ।

    घटनाबारे संखुवासभा प्रहरीले गम्भीर अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले विहीबार बिहान युनिकाको शव नियन्त्रणमा लिई जिल्ला अस्पतालको शवगृहमा राखेको हो। बालिकाको निधनबारे शंका जनाउँदै प्रहरी अनुसन्धानमा जुटेको छ।

    गत वैशाख ३० गते गोपाल तामाङ र उनकी भाइबुहारी कल्पना तामाङबीच घरायसी विवाद भएको थियो। विवादकै क्रममा कल्पनाले भतिजी युनिकालाई डिलबाट धकेलेको आरोप लागेको प्रहरीले जनाएको छ।

    धकेलिएकी युनिका गम्भीर घाइते भएपछि उनलाई विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो। तर, जेठ ७ गते उपचारकै क्रममा उनको मृत्यु भयो।

    दाहसंस्कार हुनै लाग्दा प्रहरीको हस्तक्षेप

    बालिकाको शव नोबेल अस्पतालबाट घर ल्याइएको थियो। परिवारजनले अन्त्येष्टिको तयारी गरिरहेका बेला प्रहरी टोली घटनास्थलमा पुगेको थियो। “शवसहित अभिभावकलाई पनि नियन्त्रणमा लिइएको छ,” जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी इन्सपेक्टर अभिषेक श्रेष्ठले भने।

    प्रहरीले शवलाई जिल्ला अस्पताल संखुवासभाको शवगृहमा राखेको छ। घटनाको निष्पक्ष अनुसन्धानका लागि आवश्यक प्रमाण संकलन गर्न शव नियन्त्रणमा लिइएको प्रहरीले स्पष्ट पारेको छ।

    इन्सपेक्टर श्रेष्ठका अनुसार, युनिकाका बुबा गोपाल तामाङ र भाइबुहारी कल्पनालाई नियन्त्रणमा लिएर आज (शुक्रबार) अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद लिने तयारी गरिएको छ। “शव परीक्षण पछि मात्र घटनाको वास्तविकता पुष्टि हुनेछ,” श्रेष्ठले भने।

    एकै घरका सदस्यहरूबीचको विवादले बालिकाको ज्यान गएपछि गाउँमा शोक र तनावको अवस्था छ। परिवार स्तब्ध छन् भने स्थानिय बासिन्दाहरूले घटनाबारे गम्भीर छानबिन गर्न माग गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ