• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रवि र छविको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

    1K
    SHARES



    काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएको छ ।

    गत मंगलबारदेखि न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा शुक्रबार सुनुवाइ सकिएको छ । अब यो रिटमा आदेश आउन बाँकी छ ।

    आज रवि लामिछाने र छविलाल जोशीविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीहरूले बहस गरेका थिए । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले शुक्रबार बहस गरे ।

    लगत्तै रवि र छविका कानुन व्यवसायीहले जवाफी बहस गरेका थिए । अधिवक्ताहरू सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठ र सतिषकृष्ण खरेलले जवाफी बहस गरेका थिए ।

    उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो । त्यो आदेशपछि रुपन्देही जिल्ला कारागारमा उनी थुनामा छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ