• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई सोधियो स्पष्टीकरण

    1.5K
    SHARES



    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुख राजु पाण्डेलाई स्पष्टीकरण सोधेका छन्।

    प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले मंगलबार नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेमाथि स्पष्टीकरण सोधेका हुन्।

    गत चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगर प्रहरी प्रमुख पाण्डेलाई स्पष्टीकरण सोधेका छन्।

    ‘नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेलाई स्पष्टीकरण सोधिएको छ। प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको कार्यकक्षको ताला खोल्ने क्रममा किन अवरोध पुर्‍याएको हो, स्पष्टीकरण दिन भनिएको छ,’ महानगर स्रोतले भन्यो।

    नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेनिकट स्रोतले पनि स्पष्टीकरण पत्र आएको बताएको छ।

    ‘कार्यालय र त्यहाँका सम्पत्तिको सुरक्षा गर्नु नगर प्रहरीको काम, कर्तव्य र अधिकारभित्रको विषय हो, नगर प्रहरीले जिम्माको काम गरेको हो,’ पाण्डेनिकट स्रोतले भन्यो, ‘प्रमुख प्रशासकीय अधिकृत कहाँ हुनुहुन्थ्यो, उहाँ कार्यालय आउनु भएको थियो कि थिएन, कहिलेसम्म बिदामा हुनुहुन्थ्यो, हाजिर कापी कहाँ थियो भन्ने विषय नगर प्रहरीको जानकारीको विषय होइन, कर्मचारीहरूलाई थाहा थियो होला।’

    नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक पाण्डेसँग हामीले प्रमुख प्रशासकीय अधिकृतबाट स्पष्टीकरण सोधिएको विषयमा जिज्ञासा राख्दा उनले ‘यस विषयमा प्रमुख प्रशासकीय अधिकृतलाई नै सोध्न’ आग्रह गरेका छन्। यद्यपि उनले स्पष्टीकरण पत्र आएको भने स्वीकार गरे।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ