• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सर्लाही जाँदै गरेको भ्यान छैसठ्ठी माेडमा दुर्घटना, १४ जना घाइते

    718
    SHARES



    हेटाैंडा । मकवानपुरकाे उत्तरी क्षेत्र चित्लाङबाट सर्लाही जाँदै गरेकाे वीङ्गर भ्यान गाडी त्रिभुवन राजपथ सडकखण्डमा दुर्घटना भएकाे छ ।

    आज दिउँसो भीमफेदी गाउँपालिका-९ त्रिभुवन राजपथकाे छैसठ्ठी माेडमा प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट करिब २० मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।

    दुर्घटना भएकाे गाडी सल्लाको रूखमा अड्किएकाे प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

    दुर्घटनामा परी भ्यानमा सवार १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाकाे अवस्था गम्भीर रहेकाे डिएसपी अर्यालले बताए । उनीहरूलाई उपचारकाे लागि हेटाैंडा अस्पताल ल्याइएकाे छ ।

    घटनास्थलमा रहेकाे प्रहरी टाेलीका अनुसार भ्यान ब्रेक फेल भएर दुर्घटना भएकाे हाे । घाइतेहरूकाे उद्दारमा जिल्ला ट्राफिक, इलाका प्रहरी कार्यालय पालुङ, भीमफेदी, प्रहरी चाैकी भैंसे, सिमभज्याङ २५ जना प्रहरी परिचालन भएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ