• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    हावाहुरीका कारण फेवातालमा फसेका ८ जनाको उद्धार

    684
    SHARES



    पोखरा । पोखराको फेवातालमा फसेका आठ जनाको उद्धार भएको छ। सोमबार दिउँसो फेवातालमा एक्कासि हावाहुरी चलेपछि डुंगा/कायाकमा सवारहरू फसेका थिए।

    फसेका ८ जनाको उद्धार भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं‌ डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। बोटिङ गर्ने क्रममा चितवन भरतपुर महानगरपालिका–५ बस्ने २१ वर्षीय रेशम थापा फेवातालमा डुबेका थिए।

    उनको सशस्त्र प्रहरी बल नेपाल फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोर सहितको विपद् उद्वार टोलीले उद्धार गरेको छ। तालमा हावाहुरीका कारण अन्य कायाक बोटमा बोटिङ गरिरहेका एक जना र डु‌ंगामा रहेका ६ जना गरी समेतको सकुशल उद्वार भएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ