• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    चीनमा डुङ्गा पल्टिँदा ९ जनाको मृत्यु, एक जना अझै बेपत्ता

    189
    SHARES



    बेइजिङ । दक्षिण पश्चिम चीनमा डुङ्गा पल्टिँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । अरू ७० जनालाई अस्पतालमा भर्ना गरेर राखिएको बताइएको छ ।

    तीव्र हुरीका कारण गुइझाउको छिन्सी सहरमा आइतबार पर्यटकहरू सवार डुङ्गा पल्टिँदा ८४ जना नदीमा खसेको भन्दै सरकारी सञ्चारमाध्यमले समाचार छापेको छ । यस क्रममा एक दर्जनभन्दा धेरै मानिसहरू बेपत्ता भएका भएका थिए । तर एक जना बाहेक सबैको उद्धार गरियो ।

    ती एक व्यक्ति अझै बेपत्ता रहेको बताइएको छ । श्रम दिवसको एक हप्ता लामो बिदाको अन्त्यतिर यो घटना भएको हो ।

    राष्ट्रपति सी जिनपिङले बेपत्ता व्यक्तिको तत्कालै खोजी र उद्धार गर्न आदेश दिएका छन् । हालैका महिनाहरूमा देशका अन्य स्थानमा पनि यस्तै खालको घटनाहरू भएको भन्दै सीले सुरक्षा उपाय बलियो बनाउनुपर्नेमा जोड दिएको बताइएको छ ।

    दुई महिना अघिमात्रै चीनको हुनान प्रान्तमा औद्योगिक जहाजसँग ठोक्किएर यात्रुवाहक डुङ्गा डुब्दा ११ जनाको मृत्यु भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ