• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    अमेरिका र युक्रेनले गरे खनिज सम्झौता

    887
    SHARES



    वाशिंटन । अमेरिकाले युक्रेनसँग खनिज सम्झौता गरेको छ। लामो समयको उतार चढावपछि भएको यो सम्झौताले युक्रेनको दुलर्भ खनिजमा अमेरिकी पहुँच पुगेको छ।

    अमेरिकाको अर्थ मन्त्रालयबाट सार्वजनिक विज्ञप्तिमा दुई देश बीचमा ‘रि कन्स्ट्रक्सन इन्भेस्टमेन्ट फन्ड’ गठन भएको छ। केही मिनेट अघि दुवै पक्ष मिलेर सहमतिमा केही संशोधन गरेपछि यो बाटो अघि आएको हो।

    वक्तव्यमा जनाइए अनुसार किभको पुनः सुधारका लागि दुई पक्षीय समझदारी, दुवै पक्षको प्रतिभा र क्षमताको उपयोग गर्ने चाहना भएको उल्लेख छ। फेब्रुअरी महिनामा नै खनिज सम्झौता तय भए पनि यी अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बीचको तनावको वातावरणले स्थगित भएको थियो।

    अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र युक्रेनी प्रथम उपप्रधानमन्त्री युलिस सेभरीडेन्कोले सम्झौतामा हस्ताक्षर गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ