• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    धरानमा ट्रकभित्र भेटियो ७८३ किलो गाँजा, दुई जना पक्राउ

    1.8K
    SHARES



    इटहरी । सुनसरीको धरानमा प्रहरीले एउटा ट्रकबाट ७८३ किलो गाँजा बरामद गरेको छ।

    बुधबार सशस्त्र प्रहरीको टोलीले धरान उपमहानगरपालिका-१३ निशाने डाँडास्थित कोशी लोकमार्ग सडकमा भेडेटारबाट धरानतर्फ जाँदै गरेको ट्रकमा गाँजा भेट्टाएको हो।

    सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार नम्बर प्लेट नभएको ट्रकलाई शंका लागेर नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरी र सुरक्षा बेस धरानको संयुक्त टोलीले चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा बरामद भएको हो।

    ट्रकको चालक सिटमाथि बक्स बनाएर २२ वटा पोकामा लुकाइछिपाइ ल्याइँदै गरेको गाँजा बरामद भएको हो। ट्रकभित्र राखिएको अवस्थामा ना ७ ख २८१ लेखिको नम्बर प्लेट पनि बरामद भएको डिएसपी थापाले जानकारी दिए।

    गाँजा बरामद भए पछि ट्रकका चालक सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बस्ने ३१ वर्षका मनोज परियार र सहचालक धनकुटाको सिदुवा नगरपालिका-६ बस्ने १८ वर्षीय आकाश राईलाई नियन्त्रण लिएको थियो।

    थप चेकजाँचपछि ट्रक र पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाइएको डिएसपी थापाले जानकारी दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ