• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    प्रहरीसँगको झडपपछि सडक आन्दोलनमा थपिए शिक्षक

    1.7K
    SHARES



    काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित २७ दिनदेखि काठमाडौंमा आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले आज अहिलेसम्मकै ठूलो प्रदर्शन गरेका छन्। देशभरका जिल्लाबाट हजारौँ शिक्षक आजको प्रदर्शनमा थपिएपछि आन्दोलन थप सशक्त बनेको हो।

    गत चैत २७ गतेदेखि सुरु भएको आन्दोलनमा हिजो प्रहरी हस्तक्षेपका क्रममा ६२ जना शिक्षक घाइते भएका थिए, जसमा एक दर्जनभन्दा बढीको अवस्था गम्भीर छ। प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गरेपछि नेपाल शिक्षक महासंघले घरघरमा बसेका शिक्षकहरूलाई काठमाडौं आउने आह्वान गरेको थियो।

    एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीका अनुसार, ‘हिजोको तुलनामा दोब्बर संख्यामा आज शिक्षकहरू सडकमा थिए।’ अधिकारीले आजको प्रदर्शन शान्तिपूर्ण भएको र आन्दोलनमा देशभरका थप शिक्षकहरूको सहभागिता भएको बताए।

    नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनमा हजारौँ शिक्षकहरू दृढतापूर्वक उभिएका र माग पूरा नभएसम्म नथाक्ने र नभाग्ने स्पष्ट पारे। ‘सत्तामा रहनेहरू थाक्न सक्छन् तर शिक्षक कर्मचारीहरू न थाक्ने छन् न गल्ने,’ सुवेदीले भने।

    उनले हिजो प्रहरीले गरेको हस्तक्षेपलाई “बर्बरताको पराकाष्ठा” र “नाङ्गो नाच” भन्दै घोर निन्दा गरे। उनले आन्दोलनको शान्तिपूर्ण वातावरण बिगार्न हेलमेटधारी समूह परिचालन गरी ढुंगामुढाको वातावरण बनाइएको आरोप समेत लगाए।

    सुवेदीले चेतावनी दिँदै भने, “हिजो ६२ जना शिक्षक घाइते भए, आवश्यक परे ६२ हजार शिक्षक घाइते हुन तयार छन्। विद्यालय शिक्षा ऐन जारी नभएसम्म हामी पछि हट्दैनौं।”

    भोलि थप शिक्षकहरू काठमाडौं आइपुग्ने तयारी भइरहेको जनाइएको छ। आन्दोलन अझ व्यापक र उग्र बन्दै जाने संकेत देखिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ