• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    न्यायाधीशलाई कालोमोसो दल्दा गिरफ्तार परेका नेता कार्यकर्ता रिहा गर्न बहुमतको माग, विज्ञप्तिसहित

    4.4K
    SHARES



    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले अफताव आलमलाई सफाई दिने न्यायाधीशहरुलाई कालोमोसो दलेर गिरफ्तार परेका आफ्ना नेता कार्यकर्ताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ ।

    इटहरीमा मानिसलाई जिउँदै जलाएर हत्या गरेको आरोपमा जेलमा रहेका कांग्रेस नेता अफताव आलमलाई सफाई दिने न्यायाधिशहरु खुसीराम थारू र अर्जुन महर्जनलाई कालोमोसो दलेर जनाकाराही गरेको जनाएको छ ।

    पार्टी महासचिव कञ्चनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य अविनाश, पदम र सिरहा जिल्ला सचिवालय सदस्य गर्भू महतोको नेतृत्वमा जनताको सहभागितामै कालोमोस दलिएको उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

    “जिउँदै मानिसलाई इटाभट्टामा जलाएर हत्या गर्ने पूर्व मन्त्री अफ्ताव आलमलाई सफाई दिने न्यायधीश खुसी राम थारु र अर्जुन महर्जनलाई हाम्रो पार्टीका केन्द्रीय सदस्यहरु क. अविनाश, क. पदम र सिरहा जिल्ला सचिवालय सदस्य क. गर्भू महतोको नेतृत्वमा जनसमुदायको सहभागितासहित कालोमोसो दलिएको छ ।” विज्ञप्तिमा भनिएको छ ।

    पिडितलाई अन्याय गर्ने मात्रै नभएर नेपालको न्याय प्रणालीलाई मै अन्तराष्ट्रियस्तरमै कालो धब्बाको रुपमा बदनाम गर्ने, नेपालका सबै इमान्दार न्यायाधीशहरुको बेइज्जत गर्ने थारू र महर्जनमाथिको सांकेतिक कारवाही भएको महासचिव कञ्चनले बताएका छन् ।

    “पिडतलाई अन्याय गर्ने मात्र नभएर नेपालको न्याय प्रणालीलाई नै अन्तर्राष्ट्रिय जगतमा कालो धब्बाको रुपमा बदनाम गर्ने, नेपालका इमान्दार सबै न्यायधीशहरुको इज्जतमा कालो धब्बा लगाउने न्यायधीश माथि यो सांकेतिक कारबाही हो । हाम्रो पार्टी सम्पूर्ण जनसमुदायमा पुन स्पष्ट गर्न चाहन्छ कि नेपालको दालाल पुँजीवादी संसदीय व्यवस्था रहँदा सम्म समाजमा यसप्रकारका विक्रितिहरु रही रहने छन् ।” विज्ञप्तिमा भनिएको छ ।

    साथै बहुमतले इटहरी घटनासम्बन्धी अदालतको निर्णयलाई न्यायको अपमान भन्दै खारेज गर्न माग गरेको छ। उनले वर्तमान दलाल पुँजीवादी व्यवस्थाबाट नेपाली जनताको जीवन कष्टकर बनेको उल्लेख गर्दै यो व्यवस्था परिवर्तन गरेर वैज्ञानिक समाजवादमा रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।

    “यो व्यवस्था रहँदा सम्म बिमानस्थलबाट भिजीट भिसामा करोड उठाउने सरकार, वाईडबडीमा कमिसन, सेक्युरीटीमा कमिसन, ललिता निवास, ओम्नी, एति, लगायतमा बिबिध किसिमका भ्रष्टाचारहरु भईरहने छन् । त्यसकारण यो व्यवस्था बदलेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको बाटोमा अघि बढ्न सबैमा हार्दिक अपिल गर्दछ ।” विज्ञप्तिमा भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ