• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    नेतन्याहुले भने : इरानको आणविक कार्यक्रमको मुटुमा प्रहार गर्‍यौँ

    1.7K
    SHARES



    तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमाथिको आक्रमण ‘इरानको आणविक संवर्द्धन कार्यक्रमको मुटुमा प्रहार’ भएको बताएका छन्।

    उनका अनुसार इजरायलले इरानको तेहरानबाट करिब २२५ किलोमिटर दक्षिणमा रहेको नतान्ज सहरस्थित प्रमुख युरेनियम संवर्द्धन केन्द्रमा आक्रमण गरेको हो। नेतन्याहुले भने, ‘इजरायलले इरानी बममा काम गरिरहेका वैज्ञानिकहरूलाई पनि लक्षित गर्‍यो।’

    नेतन्याहुले ‘अप्रेसन राइजिङ लायन’ नाम दिइएको कारबाहीको घोषणा गर्दै भने, ‘केही समयअघि इजरायलले इरानी खतरा हटाउनका लागि लक्षित सैनिक अपरेसन सुरु गरेको छ। यो अपरेसन तबसम्म चल्नेछ, जबसम्म खतरा हट्दैन।”

    उनका अनुसार हालैका महिनाहरूमा इरानले ‘कहिल्यै नचालेका कदमहरू’ चालेको छ, जसले समृद्ध युरेनियमलाई हतियारमा परिणत गर्न सक्ने खतरा देखिएको छ।

    ‘यदि यो रोकिएन भने, इरानले एक वर्षभित्र, वा त्यसभन्दा पनि छोटो समयमै आणविक हतियार बनाउन सक्छ। यो इजरायलको अस्तित्वका लागि प्रत्यक्ष र तत्कालको खतरा हो,’ नेतन्याहुले चेतावनी दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ