• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कुलमानको समर्थनमा बहुमतको प्रदर्शन, प्रहरीले गर्यो धरपकड, १ दर्जन नेता कार्यकर्ता गिरफ्तार

    2.9K
    SHARES



    काठमाडौँ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध राजधानीमा विरोध प्रदर्शन चर्किएको छ।

    मंगलबार सिंहदरबारको दक्षिण गेटअगाडि प्रदर्शन गरेका नेकपा (बहुमत)का नेता कार्यकर्तामाथि प्रहरीले धरपकड गरेको छ ।

    बहुमतका नेता तथा कार्यकर्ताहरूले “भ्रष्टाचार अन्त्य गर, कुलमानलाई फर्काऊ!” जस्ता नाराबाजी गर्दै ऊर्जा मन्त्रालय र सरकारविरुद्ध प्रदर्शन गरेका थिए।

    त्यस क्रममा नेकपा (बहुमत) निकट ट्रेड युनियन महासंघका संयोजक ध्रुब, अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष बिरेन्द्र शाह, उपाध्यक्ष रुपा बुढामगर सहित सर्जन, हस्त, रामहरी, चिराग, प्रलाद, लक्ष्मी, समिर, दिनेश र पार्टीका काठमाडौँ जिल्ला सेक्रेटरी दर्शनसहित १ दर्जन नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

    उनीहरूलाई महानगरीय प्रहरी परिसर, टेकुमा राखिएको छ। कुलमान घिसिङको बर्खास्तीलाई लिएर नेकपा बहुमतसहित अन्य दलका नेताहरूले पनि आक्रोश व्यक्त गरेका छन्।

    केही नागरिक अभियन्ताहरूले सरकारको निर्णय सच्याउन माग गर्दै थप प्रदर्शनको चेतावनीसमेत दिएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ