काठमाडौं । मंगलबार सेयर बजारमा ठूलो गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक अघिल्लो दिनको तुलनामा ५८.०५ अंक (२.१९ प्रतिशत) घटेर २५८२ अंकमा झरेको छ।
बजार घटे पनि कारोबार रकममा वृद्धि देखिएको छ। अघिल्लो दिन ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ५ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ। बजारमा २४० कम्पनीको सेयर मूल्य घट्दा केवल ४ कम्पनीको मूल्य बढेको छ।
यस दिन सबै सेक्टर घटे । बैंकिङ १.४२, विकास बैंक २.९९, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर ३.३१, लगानी २.०८, जीवन बीमा २.२०, उत्पादन १.५०, माइक्रोफाइनान्स २.४९, निर्जीवन बीमा २.४६, अन्य १.८२ तथा व्यापार १.८५ प्रतिशत घटे ।
यस दिन मूल्य धेरै बढ्नेमा डिवेन्चर अगाडि रहे । एनसीसीडी ८६, केबीएलडी ८९को मूल्य ४ प्रतिशतभन्दा धेरै बढ्यो । नारायणी डेभलपमेन्ट बैंकको मूल्य ८.७ प्रतिशत घट्यो । सपोर्ट माइक्रोफाइनान्सको ७.३, इस्टर्न हाइड्रोको ७.१, सिन्धु विकास बैंकको ६.७ तथा विन नेपाल लघुवित्तको ६.७ प्रतिशत मूल्य घट्यो ।
प्रतिक्रिया