• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    जम्मू कश्मीरबारे भारत र पाकिस्तानबीच राष्ट्रसंघमा फेरि तनाव

    271
    SHARES



    एजेन्सी । संयुक्त राष्ट्रसङ्घमा जम्मू कश्मीरको स्वामित्वलाई लिएर भारत र पाकिस्तानबीच तनाव भएको छ । राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि राजदूत हरीश पी.ले जम्मू कश्मीर भारतको हिस्सा भएको र रहिरहने दाबी गरेका छन्‌ ।

    पाकिस्तानी प्रधानमन्त्रीका विशेष सहायक सैयद तारिक फतेमीले राष्ट्रसंघ सुरक्षा परिषद्‌मा जम्मू कश्मीरमा भविष्यमा शान्ति कायम राख्ने विषयमा छलफल हुनुपर्ने माग राखेका थिए । भारतीय राजदूत हरीश पी.ले सैयदको भनाइको प्रतिवाद गरेका हुन्‌ ।

    उनले भने, ‘भारत यहाँ यो बताउन बाध्य भएको छ कि पाकिस्तानले फेरि एकपटक भारतको केन्द्र शासित प्रदेश जम्मू र कश्मीरलाई लिएर अनावश्यक टिप्पणी गरेको छ । बारम्बार यसो गरेर जम्मू र कश्मीरमा पाकिस्तानी कब्जा वैध हुन सक्दैन । न त सीमापार प्रायोजित आतङ्कवादलाई सही ठहर्‍याउन सकिन्छ ।’ भारतीय राजदूतले जम्मू र कश्मीरमा पाकिस्तानले गरिरहेको अवैध कब्जा हटाउनुपर्ने तर्क पनि गरे ।

    जम्मू र कश्मीर क्षेत्रमा भारत, पाकिस्तान र चीनले आ-आफ्नो सम्प्रभुता दाबी गर्ने गरेका छन् । सन्‌ १९४७ अक्टोबर २६ मा जम्मु कश्मीरका अन्तिम डोगरा राजा हरि सिंहले सम्झौता गरी आफ्नो देशलाई भारतमा विलय गराउन सहमति जनाएका थिए ।

    तर, लगत्तै पाकिस्तान र चीनले त्यस क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरेपछि दक्षिण एसियाको सबैभन्दा पुरानो विवादित क्षेत्रमा पटकपटक युद्ध हुने गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ