• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    लागुऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्षलाई एक वर्ष कैद, दुई लाख जरिवाना

    1.7K
    SHARES



    काठमाडौं । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’लाई लागूऔषध कारोबारसम्बन्धी मुद्दामा एक वर्ष कैद सजाय तोकिएको छ ।

    जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले बिहीबार उनलाई एक वर्ष कैद र २ लाख रुपैयाँ जरिवाना तोकेको हो। यसअघि २१ फागुनमा अदालतले गुप्तासहित दुईजनालाई दोषी ठहर गरेको थियो ।

    फागुन २१ मा दोषी ठहर गुप्तालाई एक वर्ष कैद र २ लाख जरिवानासहित ‘क्षतिपूर्ति शुल्क पीडित राहत कोष’ मा ८ हजार रुपैयाँ जरिवाना दाखिला गर्नुपर्ने फैसला पनि भएको छ ।

    गुप्तासँगै लागुऔषध मुद्दामा कसुरदार ठहर भएका रघुनाथ प्रसाद धोबीलाई पनि दुई वर्ष कैद र चार लाख रुपैयाँ जरिवानाको फैसला आएको छ ।

    कानुनअनुसार लागुऔषध मुद्दामा २ देखि १० वर्षसम्म कैद र ‍१ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

    अदालतका सूचना अधिकारी एवम् शाखा अधिकृत भेषराज खनालले पालिका अध्यक्ष गुप्तासहित दुईजनालाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको जानकारी दिए ।

    २०७९ असोज २४ गतेदेखि अघि बढेको यो मुद्दाको छिनोफानो अदालतले ५७ औँ पेशीमा टुंगो लगाएको हो ।

    यस मुद्दामा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्तासहित जितेन्द्र पासवान, रघुनाथप्रसाद धोबी, रामा गुप्ता भन्ने रामा साह र मन्टु भन्ने विवेकप्रसाद पाण्डे विपक्षी थिए । जसमध्ये गाउँपालिका अध्यक्ष गुप्तासहित दुई जना लागूऔषध कारोबारसम्बन्धी मुद्दामा कसुरदार ठहर हुँदै सजाय पाएका हुन् ।

    जिल्ला प्रहरी कार्यालयले २०७९ असोजमा ९०/९० थान डाइजेपाम, नुर्फिन र फेनार्गन लागुऔषध कारोबारमा संलग्न भएको अभियोगमा उनीहरूविरुद्ध मुद्दा चलाएको थियो ।

    गुप्ताले २०७९ वैशामा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका थिए । अध्यक्षमा विजयी माओवादीका गुप्ताले ४ हजार ३ सय ५१ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रसका उम्मेदवार राजेन्द्र साहनीको पक्षमा ३ हजार ८ सय ६५ मत परेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ