• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    जेलेन्स्कीसँग चर्काचर्की भएको ७२ घण्टामै ट्रम्पले रोके युक्रेनलाई दिइरहेको सैन्य सहायता

    1.9K
    SHARES



    एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइरहेको सबै सैन्य सहायता अस्थायी रूपमा रोकेका छन्।

    यो निर्णय तुरुन्तै लागू हुने र यसले युक्रेनलाई दिने प्रकृयामा रहेको एक अर्ब डलरभन्दा बढीको हतियारलाई प्रभाव पार्ने भनेर ट्रम्प सरकारका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै द न्यु योर्क टाइम्सले लेखेको छ। ती अधिकारीका अनुसार सोमबारको सो निर्णय ट्रम्पले उनका वरिष्ठ राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग धेरै बैठकहरू गरेपछि लिइएको हो।

    ट्रम्पको यो आदेशले युक्रेनलाई दिइने दसौं करोड डलर पैसा पनि रोक्नेछ। युक्रेन सुरक्षा सहायता पहलमार्फत् दिइने यो पैसाले युक्रेनले रूससँग लड्न अमेरिकी हतियार उत्पादकहरूबाट सिधै नयाँ सैन्य सामाग्री किन्न पनि सक्छ।

    युक्रेनले रूससँग शान्ति वार्ता गर्न प्रतिबद्धता देखाएको ट्रम्पले निर्धारण नगरिञ्जेल यो आदेश लागू हुने ती अधिकारीले बताएका छन्।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको शुक्रबार ह्वाइट हाउसमा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भएको चर्काचर्कीको ७२ घण्टा नपुग्दै ट्रम्पले युक्रेनलाई दिइरहेको सहायता रोकेका हुन्।

    युक्रेनप्रति आक्रामक नीति अँगालेका ट्रम्पको विदेश नीति रूससँग मिल्ने भएको भनेर रूस अधिकारीले पनि भन्न थालेका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले अमेरिकालाई ट्रम्पले द्रुत गतिमा रूससँग नजिक ल्याइरहेको बताएका छन्।

    ‘नयाँ प्रशासनले सबै विदेश नीति संरचनाहरूलाई तीव्र रूपमा परिवर्तन गरिरहेको छ। यो धेरै हदसम्म हाम्रो दृष्टिकोणसँग मेल खान्छ,’ पेस्कोभले रूसको सरकारी टेलिभिजनसँग आइतबार भने।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ