• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    खिचडी राजनीति गर्ने कांग्रेस–एमालेको परिपाटीलाई बहिष्कार गरौं – वामदेव गौतम

    18
    SHARES



    काठमाडौँ । राष्ट्रिय सभा सांसद वामदेव गौतमले फरक-फरक सिद्धान्त बोकेका नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर खिचडी राजनीतिक गरिरहेको बताएका छन्।

    राष्ट्रिय सभामा आइतबार बोल्दै उनले फरक सिद्धान्त बोकेका पार्टीको खिचडी राजनीति बहिष्कार गर्नुपर्ने बताए।

    ‘खिचडी राजनीतिक के हो भने कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी; दुइटाका सिद्धान्त फरक छन्। र कहिले चुनाव पनि सँगै गरेको छ, कहिले सरकार सँगै गरेको छ। जनताको बीचमा गएर त्यही भन्नुभएको हो? यदि जनताका बीचमा फरक किसिमले गएका छौं भने निर्माण पनि फरक किसिमले गर्नुपर्छ। जनताले जाँच्न पाउनुपर्छ,’ उनले भने, ‘माघेसंक्रान्तिमा खिचडी चाहिन्छ अरू बेला खिचडी राजनीति चाहिँदैन, यसलाई बहिष्कार गरौं।’

    हरेक पार्टीले स्वतन्त्र ढंगले जनताका बीचमा जाने आफ्ना विचार राख्ने त्यो विचारका आधारमा संगठन निर्माण गरेर देखाउने यस्तो ठाउँमा नेपाली राजनीति पुग्नुपर्ने उनले बताए। उनले मुलुकको राजनीति सपाट बनाउन लागिपर्नुपर्ने पनि धारणा राखे।

    केही समयदेखि अध्यादेशले राजनीतिक माहौल बनेकोप्रति टिप्पणी गर्दै उनले आफू अध्यादेश पक्षधर पनि नभएको र विपक्षमा पनि नलागेको बताए।

    ‘यसको सैद्धान्तिक पक्ष थाहा छ, अध्यादेश मुख्यतः राज्यसञ्चालन सत्ताधारीलाई सकारात्मक सहयोग पुग्ने गरी निर्माण गरिएको संवैधानिक संरचना हो। तर प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै सर्तहरू पूरा गर्नुपर्छ। संविधान बमोजिम के कति संख्यामा अध्यादेश जारी गर्न सकिन्छ भन्ने कुरामा कुनै बारबन्देज संविधानमा छैन। तर नानीबाबुहरूले घरपुतली खेलेजस्तो विषय पनि होइन। अध्यादेश जारी गर्दा प्रतिपक्षीलाई पनि साथ लिनु राम्रो संस्कार मानिन्छ। तर यो सत्ताधारी, पक्ष–विपक्षमा रहेकाको व्यवहारमा भर पर्छ,’ उनले भने।

    यस्ता विषयमा सदनको समय धेरै खर्च गर्नु उचित नमानिने उनले बताए। अहिले मुख्यतः राष्ट्रलाई लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समृद्ध समाजवाद चाहिएको उनले बताए। तर यो दिशातिर कसैको ध्यान नगएको गौतमको भनाइ छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ