• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    मुख्य समाचार राजनीति

    नेकपा (बहुमत)को ९औं महाधिवेशन उद्घाटन, भोलिदेखि ५ दिनसम्म बन्द शत्र

    223
    SHARES



    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को ९औं महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ। काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सुक्रबार दिउसो १ बजे महाधिवेशनको उद्घाटन भएको हो । नेपालको कम्युनिष्ट आन्दोलनका आग्राज नेता तथा नेकपा (बहुमत)का केन्द्रीय सल्हाकार समितिका अध्यक्ष असारे काकाले पानसमा बत्ती बालेर महाधिबेशनको उद्घाटन गरेका छन्।

    पार्टीका महासचिव धर्मेन्द्र बास्तोलाले अध्यक्षता गरेको उद्घाटन सत्रमा स्वागत मन्तव्य महाधिवेशन आयोजक समिति सदस्य गुणराज लोहनीले राखेका थिए भने संचालन महाधिवेशन आयोजक समिति सदस्य उदय चलाउनेले गरेका थिए। महाधिवेशनमा देश तथा बिदेशमा रहेका प्रवास व्यूरोबाट समेत प्रतिनिधीहरु सहभागी भएका छन्।

    उद्घाटन सत्रमा असारे काका, सल्हाकार समितिका सचिव चित्र बहादुर आले, जनयुद्धमा उच्च तहबाट सहादत प्राप्त गर्ने शहीद सुरेश वाग्लेका पुत्र दिपक वाग्ले, एकीकृत जनक्रान्तिका शहिद कुमार पौडेलकी दिदी लक्ष्मी पौडेल लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए।

    यस्तै कार्यक्रममा सामाना सास्कृतिक परिवारका कलाकारहरुले नृत प्रस्तुत गरेका थिए। उद्घाटन कार्यक्रमको नेपाल न्युज बैंक एजेन्सी मार्फत नेपालका ९० भन्दा बढी मिडियाले प्रत्यक्ष प्रसारण गरेका थिए। आज उद्घाटन भएको ९औं महाधिवेशनको भोलिदेखि बन्द शत्र सुरु हुँदै छ। महाधिवेशन माघ १० गतेसम्म चल्ने बताइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ