• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

    1.5K
    SHARES



    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहकको जिम्मेवारी तोकेका हुन् ।

    प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रधानमन्त्रीसहितको टोली भदौ १८ गते स्वदेश फर्किने कार्यतालिका छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ