• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध

    2K
    SHARES



    तस्वीर : आशिष ठकुरीको फेसबुकबाट

    काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० बाँदरेमोडस्थित पृथ्वी लोकमार्ग सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ ।

    शनिबार बिहान खसेको पहिरोले सडक दुबै तर्फी रूपमा बन्द भएको हो । अहिले डोजर र सुरक्षा निकायको सहयोगमा पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    अस्थायी प्रहरी पोष्ट जवाङखोला, प्रहरी चौकी जोगिमा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएका प्रहरी टोलीले पहिरो हटाउने कार्य अगाडि बढाइरहेका छन् ।

    सडक बन्द हुँदा गन्तव्यतर्फ गएका सयौँ सवारीसाधन बाटोमै रोकिएका छन् । यात्रुहरू लामो समयदेखि अलपत्र परेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ