• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कास्की जिल्ला अदालतमा रवि लामिछानेले के भने ?

    45
    SHARES



    पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा प्रतिवादीहरूलाई आफ्ना कुरा राख्न समय दिइएको छ । सो क्रममा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पीडितको बचत फिर्ता ल्याउन पहल गर्ने बताएका छन् ।

    उनले भने–’पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु,। बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस् । गृहमन्त्री हुँदा पनि शक्ति दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन ।’

    ‘अदालतमा हाजिर हुन आउँदा हरेक पल्ट रिपोर्ट लिएर आउँछु । नेपालमा भएका राजनीतिक दलमध्ये हाम्रो पार्टी रास्वपा जिम्मेवार पार्टी हो । हाम्रो पार्टीको ५५ पेजको प्रतिवेदनलाई संसदीय छानबिन समितिले पनि अङ्ग बनाएको छ’, उनले भनेका छन् ।

    यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । प्रहरीबाहेक सडकमा अन्य मानिसहरू देखिएका छैनन् ।

    न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरूको थुनछेक बहस जारी छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ