• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    नेकपा बहुमत निकट क्रान्तिकारीको अध्यक्षमा शाह, यस्तो छ ७५ सदस्यीय केन्द्रीय समिति

    334
    SHARES



    काठमाडौं। नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

    कास्कीको पोखरामा आइतबार अकिएको सम्मेलनले बिरेन्द्र शाहको नेतृत्वमा १० जनाको पदाधिकारीसहित ७५ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।

    जसको उपाध्यक्षमा रुपा बुढा मगर, डिबि बुढाथोकी, महासचिवमा उषाकिरण आजाद, सचिवमा डिबी शाही, रमेश सुनार, गोविन्द बिष्ट, प्रेम प्रशान्त बोहोरा, हरि बिष्ट र कोषाध्यक्षमा कमला परियार निर्वाचित भएका छन् ।

    संगठनका २३ औं राष्ट्रिय सम्मेलन आयोजक समिति संयोजक मिलन राईको अध्यक्षतामा भएको उक्त सम्मेलनको प्रमुख अथिती नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ रहेका थिए ।

    त्यस्तै संगठनका पुर्व अध्यक्ष एवम् फ्याक्सन इन्चार्ज सरद रसाइली, पुर्ब महासचिव दिपेन्द्र चलाउने, नेकपा (बहुमत) का गण्डक इन्चार्ज अनन्त, कास्की इन्चार्ज सुजन आयाम लगायतका अथितिहरुको उपस्थिति रहेको थियो ।

    सम्मेलनको नारा ‘वैज्ञानिक समाजवादी शिक्षाका लागि क्रान्तिकारी विद्यार्थी आन्दोलन, बेरोजगारी, कुशासन र भ्रष्टाचारका विरुद्ध २३ औँ राष्ट्रिय सम्मेलन’ भन्ने रहेको थियो ।

    सम्मेलनले शिक्षा र स्वास्थ्यमा व्यापार गरेर जनता लुटिरहेका माफियाका विरुद्ध निर्णायक संघर्ष गर्ने उदघोष गरेको छ । सम्मेलनमा नेपालको शिक्षा र विद्यार्थी आन्दोलनका भावी कार्यभारका विषयमा घनिभुत बहस भएको थियो ।

    सम्मेलनको बन्दसत्रमा निवर्तमान अध्यक्ष मिलन राईले “निर्णायक संघर्षमा अघि बढौँ ” शिर्षकको दस्तावेज पेस गरेका थिए । हलबाट उक्त दस्तावेज एकमतले पारित भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया