• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    गाजामाथि इजरायलली आक्रमण- ५० बालबालिकासहित ८४ जनाको मृत्यु

    549
    SHARES



    प्यालेस्टाइन । गाजाको भवनमा इजरायलले गरेको दुई फरकफरक आक्रमणमा ५० बालबालिकासहित ८४ जनाको ज्यान गएको छ। अमेरिकाले त्यस क्षेत्रमा थप सैन्य सहयोग गरिरहेको छ। यसमा जल सेनाका लागि वार सीप, जेट विमान तथा लामो दुरी बम आक्रमण गर्ने सामग्री लगायत छन्।

    अहिले लेबनानबाट इजरायलमा पनि आक्रमण भइरहेको इजरायली रक्षा मन्त्रालयले लेबनानमा ३ रकेट प्रहार भएको तथा अहिले पनि साइरन बजिरहेको जनाएको छ । यसैबिच मध्यपूर्वमा अमेरिकाले थप सेना पठाउने भएको छ। पेन्टागनले त्यहाँ रहेका आफ्ना नागरिकलाई जोगाउनका लागि थप सेना पठाउन लागेको जनाएको छ।

    अहिले उत्तरी गाजामा युद्ध र बमवारिको कारण मात्र समस्या उत्पन्न भएको छैन। विभिन्न सङ्क्रामक रोगको जोखिम, पानी तथा खाद्यान्नको अभाव तथा अस्पतालको कमजोर स्वास्थ्य संयन्त्रका कारण त्यस क्षेत्रको अवस्था अझ धेरै दुरावस्थाको सम्भावना रहेको राष्ट्र संघले समेत जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया