• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार?

1.2K
SHARES



काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार बुधबारको तुलनामा आज प्रतितोला ६ सय रूपैयाँले भाउ बढेको छ।

आजको लागि एक तोला छापावाल सुनको मूल्य ६२ हजार ४ सय तोकिएको छ। बुधबार प्रतितोला ६१ हजार ८ सय रूपैयाँमा किनबेच गरिएको थियो।

लगातार बढेपछि सुनको मूल्यले हरेक दिन नयाँ उच्च रेकर्ड कायम गरेको छ। बिहीबारको मूल्य पनि अहिलेसम्मकै उच्च हो।

बिहीबार चाँदीको मूल्यमा भने घटबढ भएको छैन। यस दिन प्रतितोला एक हजार ९५० रूपैयाँमा चाँदी किनबेच गरिने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ