• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    दक्षिण भारतमा रेल दुर्घटना हुँदा १९ जना घाइते

    267
    SHARES



    नयाँ दिल्ली । भारतको तमिलनाडु राज्यमा यात्रुवाहक रेल र पार्क गरिएको मालवाहक रेलबीचको दुर्घटनामा कम्तीमा सात यात्रु घाइते भएका छन् ।

    दुर्घटना तमिलनाडुको राजधानी चेन्नईमा शुक्रबार साँझ भएको थियो । रेलको एक अधिकारीले भन्नुभयो, “यात्रुवाहक रेल ७५ किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको थियो । यो मालगाडीसँग ठोक्कियो र रेलको एक कोचमा पनि आगो लागेको थियो ।”

    रेलवे अधिकारीहरूका अनुसार रेल मुख्य लाइन हुँदै जानुपर्ने थियो, तर लुप लाइनमा छिरेको थियो । रेलवेका वरिष्ठ अधिकारी आरएन सिंहले भन्नुभयो,“ दुर्घटनामा कुनै पनि व्यक्तिको ज्यान गुमेको छैन् । सात देखि आठ जना यात्रु मात्र घाइते भएका छन् । घाइते सबै जनालाई अस्पताल भर्ना गरिएको छ ।”

    साथै उहाँले थप्नुभयो,“ उक्त रुटमा रेल यातायात सुचारु हुन अबको २४ घण्टा लाग्नेछ ।” दुर्घटनामा घाइते हुनेको सङ्ख्या १९ जना पुगेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    अधिकारीहरुका अनुसार दुर्घटनाको समयमा यात्रुवाहक रेलमा एक हजार ३६० जना सवार थिए । जुनमा, पश्चिम बङ्गालमा एउटा मालगाडी रेलको पछाडिको भागमा ठोक्किएर कम्तिमा १५ जनाको मृत्यु र ६० जना घाइते भएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ