• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    संसदलाई निकास नदिएको भन्दै दलहरुसँग सभामुखले पोखे असन्तुष्टि

    72
    SHARES



    काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे राजनीतिक दलहरूप्रति असन्तुष्टि जनाएका छन्। बजेट भाषण भएको १० दिनसम्म पनि संसद सञ्चालन हुन नसक्दा उनले दलहरूले जिम्मेवारी पूरा नगरेको भन्दै आलोचना गरेका हुन्।

    जेठ १५ गते बजेट प्रस्तुतिपछि प्रमुख प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने र राजीनामा दिनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएका छन्।

    संसद सञ्चालनका लागि सभामुख घिमिरेले दिनहुँ दलहरूसँग छलफल गरिरहेका छन्। आज माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, एमालेका महेश बर्तौला र कांग्रेसका श्याम घिमिरेसँगको छलफलमा पनि कुनै सहमति जुट्न सकेन।

    सभामुखले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न दलहरूलाई आग्रह गरेका छन्। तर सत्ता पक्षले विपक्षीको माग अस्वीकार गर्दै गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्न नमान्ने अडान दोहोर्‍याएको छ।

    यता माओवादी सचेतक पाण्डेले आजै प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको विपक्षी दलहरूको बैठकपछि पार्टीको धारणा स्पष्ट पारिने बताएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ