• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    हिंसा चर्किएपछि भारतको मणिपुरमा इन्टरनेट नै बन्द

    1.2K
    SHARES



    नयाँदिल्ली । जातीय झडपले उग्ररूप लिइरहँदा भारतको मणिपुर राज्य सरकारले इन्टरनेट प्रतिबन्ध लगाएको छ । मङ्गलबार एक आदेश जारी गर्दै राज्य सरकारले आगामी पाँच दिनसम्म इन्टरनेट सेवा प्रयोगमा अस्थायी रोक लगाइदिएको हो ।

    मणिपुरमा हिन्दु मेइतेई बहुमत र मुख्यतया इसाई कुकी समुदायबीच एक वर्षभन्दा बढी समयदेखि झडप भइरहेको छ । सो झडप रोक्न र त्यहाँको खराब अवस्था सार्वजनिक हुन नदिन राज्य सरकारले इन्टरनेटमाथि प्रतिबन्ध लगाइएको राज्य सरकारले जनाएको छ ।

    मेइतेई बहुल इम्फाल इष्ट, इम्फाल वेष्ट र थौबल जिल्लामा मङ्गलबार विहान ११ बजेदेखि कर्फ्यू पनि लगाइएको छ । सो राज्यमा १० दिन अघिदेखि नयाँ चरणको हिंसा भड्किएको छ । विद्यार्थीहरूले प्रदेश राजधानी इम्फाल र आसपासका क्षेत्रमा सडक प्रदर्शन गरिरहेका छन्‌ ।

    विद्यार्थीहरूले राज्यका प्रहरी प्रमुखलाई बर्खास्त गर्नुपर्ने माग राख्दै विरोध र्‍याली निकालेका थिए । सो क्रममा सुरक्षाबलसँग भएको झडपमा मंगलबारमात्रै १०० भन्दा बढी विद्यार्थीहरू घाइते भएका छन्‌ ।

    तनाव बढेपछि मणिपुर सरकारको गृह विभागले मङ्गलबार दिउँसो ३ बजेदेखि सेप्टेम्बर १५ को दिउँसो २ बजेसम्मका लागि लीज लाइन, भीस्याट, ब्रोडब्याण्ड र भीपीएन सेवासहित इन्टरनेट र मोबाइल डाटा सेवा रोक्न/अस्थायी निलम्बन गर्न आदेश जारी गरेको हो ।

    गृह विभागले सो आदेशमा ‘केही असामाजिक तत्वद्वारा जनता भड्काउन सामाजिक सञ्‍जालको दूरुपयोग गरी फोटो, अभद्र भाषा र घृणास्पद भिडियो सामग्री फैलाएकाले इन्टरनेट बन्द गर्ने फैसला लिएको’ जनाएको छ ।

    केही महिनाको सामान्य शान्तिपछि दुई समुदायबीच फेरि शत्रुता बढेपछि झडपमा गत हप्ता कम्तीमा ११ जनाको मृत्यु भएको थियो । प्रदर्शनकारीहरूले प्रहरीसँग हतियार खोसी गोली हानेको विज्ञप्तिमा उल्लेख छ । मणिपुरको स्थानीय सरकारले अर्को आदेश नआउन्जेल पूर्ण कर्फ्युको घोषणा गरेको छ ।

    प्रदर्शनकारीहरूले गत हप्ता ‘इम्प्रोभाइज्ड’ प्रक्षेप्य हतियार र ड्रोन आक्रमण गरेको आरोपमा कारबाहीको माग गरेपछि प्रहरीले मणिपुरमा हिंसाको वृद्धि भएको प्रहरीले जनाएको छ ।

    मेइतेई र कुकी समुदायहरू बिच लामो समयदेखि चलिरहेको द्धन्द्ध भूमि तथा सार्वजनिक रोजगारीको प्रतिस्पर्धाको विषयमा केन्द्रित छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ