• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    १२ अंकले घट्यो नेप्से परिसूचक, ५ दिनमा २२ अंकको गिरावट

    1.3K
    SHARES



    काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) १२ अंकले घटेको छ । २७४० बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच २७२७ बिन्दुमा पुगेर कारोबार रोकिएको हो ।

    बिहीबार परिसूचक २७५९ बिन्दुसम्म उक्लिएको थियो । बिहीबार १०१ कम्पनीको सेयर मूल्य बढेको छ । १३८ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।

    बिहीबार कारोबार रकममा पनि गिरावट आएको छ । ३१६ कम्पनीको २ करोड १ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो ।

    बिहीबार आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका हिसाबले नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । यसको ४० करोड ५० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

    यो साताको ५ दिन सेयर बजारमा तीव्र उतारचढाव देखियो । हिजो बुधबार नेप्से परिसूचक ९०.७३ अंकले घटेको छ । मंगलबार ६.९४ अंकले बढेको थियो । सोमबार भने बजारमा भारी अंकले बढेको थियो । १२७.३२ अंकले बढ्दै सोमबार परिसूचक २८२३ बिन्दुमा उक्लिएको थियो । त्यसअघि आइतबार ५३.६३ अंकले बजार घटेको थियो ।

    अघिल्लो साताको बिहीबार परिसूचक २७४९ बिन्दुमा थियो । यो साता २२ अंकले घट्दै २७२७ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । कारोबार रकम पनि यो उल्लेख्य बढ्न सकेन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ