• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    माछापुच्छ्रे बैंक र मेगा मार्टबीच भयो यस्तो सम्झौता

    1.1K
    SHARES



    काठमाडौं । माछापुच्छ्रे बैंक र मेगा मार्ट बीच डिजिटल कारोबारलाई प्रर्वधन तथा प्रोत्साहन गर्ने उद्देश्यले एक सम्झौता भएको छ ।

    सम्झौता पश्चात देश भरि रहेका बिगमार्ट का आउटलेटहरुबाट माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकले उपल्बध गराएका विीभन्न डिजिटल माध्यमहरु प्रयोग गरी सामान खरिद गर्दा आर्कषक सुविधाहरु पाउनेछन् ।

    यसै बीच बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएस बाट बिगमार्ट मा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा रु. २०० सम्मको क्यासब्याक प्रदान गर्ने छ ।

    माछापुच्छ्रे बैंक लि.ले देशभर रहेका ३०० भन्दा बढि विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई डिजिटल कारोबार गर्ने प्रोत्साहन र व्यापार व्यवसाय गर्ने संध संस्थाहरु लाई व्यापार प्रवद्र्वनमा सघाउ पुग्दै आईरहेको छ ।

    साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम, सुरक्षित र भरपर्दा डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।

    माछापुच्छ्रे बैंक लि.ले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ्ग सेवा, २०० एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ