• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    एआईजी श्याम ज्ञवालीसहितको रिटमा सर्वोच्च दिएन अन्तरिम आदेश

    1K
    SHARES



    काठमाडौँ । सर्वोच्च अदालतले श्याम ज्ञवालीसहितका प्रहरीका अधिकारीको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीश सारङ्गा सुवेदीको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै छलफलमा बोलाउने आदेश गरेको छ ।

    प्रहरी अधिकारीलाई उमेर हदअनुसार अवकाशमा जान लागेको भनी दायर गरेको रिटमा सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गर्दै छलफलमा बोलाउने आदेश गरेको हो ।

    अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने अनि अर्को सुनुवाइमा मात्र यो बारे निर्णय हुनेछ। विभिन्न उमेरमा हुने अवकाश कार्यान्वयन नगर्न माग गर्दै एआईजी श्यामलाल ज्ञवाली, डीआईजीहरु यज्ञविनोद पोखरेल, केदार ढकाल, राजेशनाथ बाँस्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले बुधवार सर्वोच्चमा रिट दायर गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ